२०८३ जेष्ठ ११ गते सोमवार | 2026 May 25th Monday

आज सुनको मूल्य तोलाकै २ लाख ५० हजार नाघ्यो

Gold Price Today Nepal

काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाला सुन तोलाको २ लाख ५० हजार ९ सय रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च दर हो ।

अघिल्लो दिन बुधबार सुन तोलाको २ लाख ४८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलाको ३ हजार २४० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार घटेर ३ हजार २७५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

महासंघका अनुसार मंगलबार प्रति १० ग्राम सुनको मूल्य २ लाख १५ हजार १०५ रुपैयाँ, र प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ८०८ रुपैयाँमा कारोबार भईरहेको छ ।

अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस्

प्रकाशित मिति : २०८२ असोज ३० गते बिहिवार
प्रतिक्रिया दिनुहोस