२०८३ असोज २३ गते शुक्रवार | 2026 October 9th Friday

सरकारले विश्वासको मत लिनुअघि मन्त्रीको राजीनामा, अब के हुन्छ ?

काठमाडौं । मधेश प्रदेशकी शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले सोमबार पदबाट राजीनामा दिएकी छन्। उनले मुख्यमन्त्री सतिशकुमार सिंहलाई पत्रमार्फत आफ्नो राजीनामा बुझाएकी हुन्।

लोसपाबाट मन्त्री बनेकी शर्माले मुख्यमन्त्री सिंहले विश्वासको मत लिने पूर्वसन्ध्यामा पद त्याग गरेकी हुन्। यसअघि सिंहकै दलसहित कांग्रेस र एमालेले पनि सरकारप्रति समर्थन फिर्ता लिइसकेका छन्।

जेन–जी आन्दोलन चर्किंदै जाँदा सिंहले राजीनामाको घोषणा गरेका थिए, तर पछि निर्णय फेरेका थिए। हाल उनलाई लोसपाको मात्र समर्थन बाँकी रहेको छ।

प्रकाशित मिति : २०८२ असोज २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस