२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

काठमाडौंमा डरलाग्दो दुर्घटना, ज्यान गुमाउने पैदलयात्रीको पहिचान खुल्यो

"One killed and 12 injured in a bus accident in Sindhuli."

काठमाडौं । काठमाडौं महानगरपालिका–३२, जडीबुटीस्थित सडकमा आइतबार राति टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

कोटेश्वरबाट जडीबुटीतर्फ जाँदै गरेको बा.प्र.०१–००४ क ५३६२ नम्बरको टिपरले ठक्कर दिँदा सिन्धुली गोलन्जोर गाउँपालिका–५ का ३७ वर्षीय दिनेश थापाको मृत्यु भएको हो। ठक्करपछि गम्भीर घाइते भएका उनलाई ट्रमा सेन्टरमा पुर्याइएको थियो, जहाँ उपचारको क्रममा उनको निधन भयो।

प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रकाशित मिति : २०८२ असोज २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस