२०८३ जेष्ठ ३१ गते आइतवार | 2026 June 14th Sunday

प्रधानमन्त्रीले चेतावनी दिँदै कसलाई भनिन् : नक्कली डिभोर्स गरेर हिँड्छन्, कसैलाई छाड्दिन्

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले सहकारी ठगहरूलाई अहिलेकै सरकारले जुनसुकै हालतमा पनि कारबाही गर्ने प्रतिबद्धता जनाएकी छन्।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्री, सचिव, संकटग्रस्त समस्या समाधान आयोगका सदस्य, सहकारी समस्या नियमन प्राधिकरणका अधिकारी र सहकारी पीडित बचतकर्ता संरक्षण राष्ट्रिय महासंघका प्रतिनिधिहरूसँग एक विशेष छलफल आयोजित गरिएको थियो।

प्रधानमन्त्री कार्कीले छलफलमा भनिन्,‘ठगेर खाएर हिँड्नेहरूलाई कुनै हालतमा छाड्न मिल्दैन। यिनीहरू महंगा घडी लगाएर हिँड्छन्, गाडी चढेर हिँड्छन्, नक्कली डिभोर्स गरेर हिँड्छन्। कानुनमा समस्या छ भने त्यसलाई पनि संशोधन गरौं।’

उनले जोड दिइन् कि अहिलेकै सरकारले यो समस्या समाधान नगरे, अरूले गर्न सक्दैनन्। सहकारी ठगीमा परेकाहरूको घरजग्गा लिलाम गरेर भए पनि पीडितको बचत फिर्ता गरिनुपर्छ।

प्रधानमन्त्रीले भनिन्,’हामीले नगरे कसले गर्ने? पीडितहरू सडकमा रोएर हिँड्ने, ठगहरू सुकिलो मुकिलो भएर हिँड्ने अवस्था सह्य हुँदैन। यो सभ्य समाजको परिचय होइन। आवश्यक परे घरजग्गा लिलाम गरेर वा विदेशमा रहेका व्यक्तिसँग सम्पर्क गरेर अघि बढ्नुपर्छ।’

प्रकाशित मिति : २०८२ असोज ३० गते बिहिवार
प्रतिक्रिया दिनुहोस