२०८३ असार ३० गते मङ्गलवार | 2026 July 14th Tuesday

शपथग्रहणमा प्रधानमन्त्री कार्की सँगै देखिएका जेनजीको काण्ड पर्दाफास

काठमाडौँ । जेनजी प्रदर्शनपछि उच्च तहका कर्मचारीहरूलाई धम्क्याउँदै हिँड्ने अर्जुन बहादुर शाही ठगी र बैंकिङ कसुर अभियुक्त रहेको भेटिएको छ।

अछामको पञ्चदेवल विनायक–४ घर भएका २६ वर्षीय शाहीको टोलीले नागरिक उड्ययन प्राधिकरण, वायुसेवा निगम र अख्तियारको कार्यालय पुगेर ज्ञापनपत्रको नाममा धम्की दिएको थियो। नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको राजीनामा माग गरिएको थियो भने नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई घरबाटै धम्की दिइएको भिडियो फुटेजमा देखिएको छ।

शाही विरुद्ध बैंकिङ कसुर र ठगीका ३ मुद्दा अदालतमा विचाराधीन छन्। उनले रेड स्टार प्रोडक्सन एण्ड मिडिया हाउसमार्फत फुयाँलसँगको चेक बाउन्स मुद्दामा समेत विवाद गरेका थिए।

शाहीले जेनजी प्रदर्शनपछि प्रधानमन्त्री सुशीला कार्कीको शपथग्रहण समारोहमा सहभागी भइसकेका थिए र नेतृत्व गरेको समूहले संवैधानिक निकाय र उच्च सरकारी अधिकारीहरूलाई धम्की दिँदै आएको थियो।

प्रकाशित मिति : २०८२ असोज २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस