२०८३ असार ३० गते मङ्गलवार | 2026 July 14th Tuesday

प्रधानमन्त्रीलाई भेटेपछि आधा दर्जन कलाकारले के भने?

काठमाडौं । नेपाली कलाकारहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग वालुवाटारमा भेट गरी समसामयिक विषयमा छलफल गरेका छन्। भेटमा विजय बराल, ऋचा शर्मा, विपिन कार्की, निश्चल बस्नेत, संगीतकार कालिप्रसाद बाँस्कोटा, कर्मा लगायत कलाकार सहभागी थिए।

कलाकार बरालका अनुसार, भेटमा प्रधानमन्त्री कार्कीले कलाकारहरूलाई सुझाव र विचार सोधिन्। कलाकारहरूले भने, ‘अथेन्टिक अपडेट दिनुहोला। तथ्य सूचनाले सारा नेपालीले सकारात्मक सन्देश पाउँछन्।’

बरालले बताए अनुसार, कलाकारहरूले प्रधानमन्त्रीलाई भ्रष्टाचारको मुद्दा हेर्ने, चुनावतर्फ अघि बढ्ने, मन्त्रिपरिषद पूर्णता दिने र फ्रेस भएर काम गर्ने सुझाव दिएका थिए।

‘गाह्रो-साह्रो परे आफ्नै सम्झनुहोला र भन्नुहोला। हामीले तपाईंहरुले भन्नुभएको, गर्नुभएको सकारात्मक कुराहरू कलामार्फत जनतासम्म पुर्‍याउन भूमिका खेल्न सक्छौं,’ बरालले थपे। कलाकारहरूले सरकारलाई सकारात्मक कार्यमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

साथै, कलाकारहरूले मन्त्रिपरिषदलाई सकेसम्म चाँडो पूर्णता दिने सल्लाह पनि दिएका थिए। भेटमा गृहमन्त्री ओमप्रकाश अर्याल पनि सहभागी थिए।

प्रकाशित मिति : २०८२ कार्तिक ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस