२०८३ असार १३ गते शनिवार | 2026 June 27th Saturday

सर्वदलीय बैठकमा दलहरूले प्रधानमन्त्रीलाई एक स्वरमा के भने ?

काठमाडौं । प्रधानमन्त्री निवास वालुवाटारमा जारी सर्वदलीय बैठकमा दलहरूले चुनावी सुरक्षाबारे चासो व्यक्त गरेका छन्।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलका अनुसार बैठकको पहिलो चरणमा सबै दलले आफ्नो धारणा राखिसकेका छन्। उनले भने, “निर्वाचनमा जाने कुरामा सबैको सहमति देखिएको छ। तर, दलहरूले सरकारले सुरक्षाको वातावरण सुनिश्चित गर्नुपर्छ भन्ने चासो व्यक्त गरेका छन्।”

नेताहरूका अनुसार एमालेले वर्तमान सरकारले चुनाव सम्पन्न गर्न सक्षम नहुने आशंका व्यक्त गरे पनि निर्वाचनको विरोध भने गरेको छैन।

प्रकाशित मिति : २०८२ कार्तिक ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस