२०८३ असोज २३ गते शुक्रवार | 2026 October 9th Friday

अचानक किन परिवारसँगै ह्याम्स अस्पताल पुगे पूर्वराजा ज्ञानेन्द्र शाह?

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबार परिवारसहित धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा स्वास्थ्य परीक्षण गराएका छन्। अस्पताल स्रोतका अनुसार, उनी प्रोस्टेट बायोप्सीको परीक्षणका लागि पुगेका थिए। उक्त परीक्षणको रिपोर्ट पाँच दिन भित्र आउने बताइएको छ।

अस्पतालका चिकित्सकले यसलाई नियमित परीक्षण भएको स्पष्ट पारेका छन्। प्रोस्टेट पुरुषमा मात्र हुने ग्रन्थी हो र पिसाब थैलीको मुनी तथा मूत्रनली वरपर अवस्थित हुन्छ। उमेर बढ्दै जाँदा ग्रन्थी बढ्ने प्रक्रिया सामान्य भए पनि अस्वाभाविक रूपमा बढेमा मूत्राशयमा समस्या आउन सक्ने चिकित्सकहरूले जानकारी दिएका छन्।

शरीरमा टेस्टेस्टेरोन र एस्ट्रोजेन हर्मोनको मात्रा उमेरसँगै परिवर्तन हुँदा प्रोस्टेट ग्रन्थिमा कोषहरू बढ्ने प्रक्रिया सक्रिय हुन्छ।

प्रकाशित मिति : २०८२ असोज २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस