२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

यस्तो रहेछ प्रचण्डकी छोरी गंगाले अचानक राजीनामा दिनुको कारण

काठमाडौं — नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालले पार्टीको सचिवालयबाट राजीनामा दिएकी छिन्।

गंगाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै भनिन्,“मलाई देखाएर निरन्तर बुवा प्रचण्ड र सिंगो पार्टीविरुद्ध योजनावद्ध प्रहार भइरहेकाले मैले संयोजकको सचिवालयबाट राजीनामा दिने निर्णय गरेकी हुँ।”

उनले आफू पार्टीप्रति समर्पित कार्यकर्ता भएकाले आजीवन रूपमा पार्टीमा क्रियाशील रहने स्पष्ट गरेकी छन्।

‘सचिवालयमा रहँदा पार्टीका नेताहरू, कार्यकर्ताहरू र आम नागरिकले गरेको सहयोगप्रति हार्दिक आभार व्यक्त गर्दछु,’ गंगाले लेखेकी छन्।

त्यसैगरी उनले आफ्नाबारे विभिन्न सञ्चारमाध्यममा भ्रामक समाचारहरू आएको भन्दै ध्यानाकर्षण समेत गराएकी छिन्।

प्रकाशित मिति : २०८२ कार्तिक ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस