२०८३ असार ३० गते मङ्गलवार | 2026 July 14th Tuesday

नगरपालिकाभित्र सहन नसक्नेगरी बढ्यो अ-श्लीलता, युवाले सरकार गुहारे

काठमाडौं । धनुषाको शहिदनगर नगरपालिकाभित्र युवाहरूले अश्लील गीत बजाउन र अत्यधिक आवाजको साउण्ड सिस्टम प्रयोगमा प्रतिबन्ध लगाउन प्रशासनसमक्ष माग गरेका छन्।

शहिदनगर युवा मञ्चका प्रतिनिधिहरूले लालबाबु मण्डलको नेतृत्वमा इलाका प्रशासन कार्यालय यदुकुहा पुगेर ज्ञापनपत्र बुझाएका थिए। टोलीमा इन्जिनियर नरेश यादव, राकेश यादव, अन्मोल भण्डारी, झगरु यादव लगायतका युवाहरू सहभागी थिए।

उनीहरूले छठ पर्वका समयमा लाउडस्पिकरमा अश्लील गीत बज्दा ध्वनि प्रदूषण बढ्ने र सामाजिक सौहार्दमा असर पर्ने भन्दै तत्काल रोकथाम गर्न प्रशासनसँग आग्रह गरेका छन्। ज्ञापनपत्रमा छठमा लाउडस्पिकर नियन्त्रण, अश्लील गीतमाथि पूर्ण प्रतिबन्ध र सुरक्षालाई कडाइका साथ सुनिश्चित गर्न माग गरिएको छ।

प्रशासनले ज्ञापनपत्र प्राप्त गरेको र आवश्यक समन्वय गरी स्थानीय प्रशासन र सुरक्षाका निकायलाई निर्देशन दिने तयारी गरेको जनाएको छ।

प्रकाशित मिति : २०८२ कार्तिक ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस