२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

अन्तत: खुल्यो एमाले सिध्याउने प्रचण्डको खेल, आफैंले दिए यस्तो बयान

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमाले छोडेर सबै नेताहरू आफ्नो पार्टीमा आउने दाबी गरेका छन्।

बुधवार भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानसँग सहमति पत्रमा हस्ताक्षर गर्ने कार्यक्रमपछि सञ्चारकर्मीलाई उनले यस्तो जानकारी दिएका हुन्।

प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई हावादारी कुरा गर्ने आरोप लगाउँदै भने, “१२ वटा समूह एक ठाउँमा आइसक्यौं। केपीले हावा कुरा गर्छन्, एमाले छोडेर सबै यता आउँछन्।”

उनले थपे, नेपाली कम्युनिस्ट पार्टीमा अहिलेसम्म १२ वटा राजनीतिक दल र समूह समाहित भइसकेको छ।

गत कात्तिक १९ गते, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहितका विभिन्न दल र समूहहरूले नेपाली कम्युनिस्ट पार्टीमा एकीकरण गरेका थिए।

प्रकाशित मिति : २०८२ कार्तिक २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस