२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

प्रदेश अध्यक्षले साधारण सदस्य समेत नरहने गरी पार्टी छोडेपछि बबाल

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेशका अध्यक्ष अशोककुमार यादवले राजीनामा दिएका छन्। उनले अध्यक्ष अशोक राईसमक्ष साधारण सदस्य समेत नरहने गरी राजीनामा बुझाएका हुन्।

अशोककुमारले वर्तमान राजनीतिक अवस्थामा देश र मधेसको विकास तथा अधिकारको रक्षा मधेस केन्द्रित दलहरूबाट सम्भव नभएको भन्दै निर्णय गरेको बताए।

उनले राजीनामा पत्रमा लेखेका छन् कि मधेसी जनअधिकार फोरम नेपालबाट राजनीति सुरु गरी जसपा सम्म आउँदा अन्याय, अत्याचार र विभेदविरुद्ध आवाज उठाउँदै जेल र मुद्दा भोग्नुपरेको अनुभवपछि अब आफू पार्टीको कुनै जिम्मेवारी वा सदस्य नरहने निर्णयमा पुगेको बताएका छन्।

यसै क्रममा जसपाका उपाध्यक्ष राजेन्द्र श्रेष्ठको नेतृत्वमा केही नेताहरू आजै नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्ने तयारीमा छन्।

प्रकाशित मिति : २०८२ मङ्सिर १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस