२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

देशकै चर्चित बैंकमा प्रहरीको छा`पा : सिइओसहित ३ शीर्ष अधिकारी समातिए-कतै तपाईंको खाता त छैन?

काठमाडौं। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई बैंकिङ कसुरको आरोपमा पक्राउ गरेको छ। बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठसमेत पक्राउ परेका छन्।

सिआइबीले ९८ करोडको ठगीबारे प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले दिएको जाहेरीको आधारमा अनुसन्धान अगाडि बढाएको प्रवक्ता वरिष्ठ उपरीक्षक शिव श्रेष्ठले जानकारी दिनुभयो।

गत कात्तिक २२ गते बैंकको बिजुलीबजारस्थित केन्द्रीय कार्यालयमा छापा मारेपछि महत्वपूर्ण कागजात नियन्त्रणमा लिइएको थियो। यसअघि, कात्तिक ११ गते प्रभु समूहका अध्यक्ष तथा एमालेका पूर्व सांसद देवीप्रकाश भट्टचनलाई पनि पक्राउ गरिएको थियो। भट्टचनमाथि अनुसन्धानका क्रममा सिआइबीले शेरचनलाई नियन्त्रणमा लिएको बताइएको छ।

प्रकाशित मिति : २०८२ मङ्सिर १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस