२०८३ असोज २३ गते शुक्रवार | 2026 October 9th Friday

माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ८ कम्युनिष्ट दलबीच एकता, चुनाव चिन्ह ‘तारा’

काठमाडौं । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित आठ वटा कम्युनिष्ट दलबीच एकता गर्ने सहमति भएको छ। सहमतिपत्रमा हस्ताक्षर गर्दै उनीहरूले नयाँ एकीकृत पार्टीको चुनाव चिह्न ‘तारा’ रहने जनाएको छन्।

माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको छलफलपछि माओवादी केन्द्र, एकीकृत समाजवादी, जनसमाजवादी पार्टी नेपाल, नेपाल समाजवादी पार्टी, नेकपा (चिरन पुन), नेकपा समाजवादी (राजु कार्की), ने.क.पा. माओवादी समाजवादी (कर्णजित बुढाथोकी) र ने.क.पा. साम्यवादी (प्रेमबहादुर सिंह) बीच सहमतिपत्रमा हस्ताक्षर भएको हो।

सहमति अनुसार आगामी कात्तिक १९ गते एकता राष्ट्रिय महाधिवेशन गर्ने र आगामी ६ महिनाभित्र औपचारिक रूपमा एकता महाधिवेशन सम्पन्न गर्ने निर्णय गरिएको छ। एकीकृत समाजवादीको केन्द्रीय समितिले शुक्रबार मात्रै माओवादी केन्द्रसहितका दलहरूसँग एकता गर्ने निर्णय गरेको थियो।

प्रकाशित मिति : २०८२ कार्तिक १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस