२०८३ असार २९ गते सोमवार | 2026 July 13th Monday

सबैलाई झस्काउने हायात होटलको निर्णय (पत्रसहित)

काठमाडौँ । हायात रिजेन्सी होटलले सम्पूर्ण १३३ जना कर्मचारीलाई कामबाट निष्कासन गरेको छ। गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा होटलमा क्षति पुगेपछि होटलले मर्मत कार्य सुरु गर्दै सबै श्रमिकलाई हटाउने निर्णय गरेको हो।

महाप्रबन्धक आशिष कुमारले मंगलबार राति सूचना जारी गर्दै मंसिर २२ गतेदेखि श्रम ऐन २०७४ बमोजिम श्रमिक कटौती लागू हुने बताएका छन्।

होटलले जारी विज्ञप्तिमा मर्मत कार्यका लागि आर्थिक स्रोत जुटाउनुपर्ने र होटल हाल सञ्चालनमा नभएकाले कर्मचारीलाई काममा लगाउन असमर्थ रहेको स्पष्ट पारेको छ। साथै, ट्रेड युनियनसँगको छलफलबाट पनि कुनै निष्कर्ष नआएपछि श्रमिक कटौतीको निर्णय गरिएको जनाइएको छ।

प्रकाशित मिति : २०८२ कार्तिक २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस