२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

कुलमानको जादू काम गर्‍यो : बक्यौता तिर्न उद्योग दौडिए, चार वटाको लाइन पुनः जडान

भैरहवा। रुपन्देहीमा डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत् उपभोग गर्ने चार उद्योगले प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत् प्राधिकरणलाई तिरेका छन्।

भैरहवामा सञ्चालित पञ्चकन्या प्लास्टिक उद्योग, पञ्चकन्या स्टिल इन्डस्ट्रीज, सिद्धार्थ पेटप्लान्टश्याम प्लास्टिकले सोमबार बक्यौताको पहिलो किस्ता बुझाएका हुन्।

पहिलो किस्ता बुझाएपछि विद्युत् प्राधिकरणले विच्छेद गरिएको लाइन पुनः जडान गरेको कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए।

उद्योगहरूले २०७२ माघदेखि २०७५ वैशाखसम्मको डेडिकेटेड तथा ट्रंक लाइन प्रयोगबापतको बक्यौता तिरेका हुन्।

  • पञ्चकन्या प्लास्टिक: २४ लाख ६३ हजार रुपैयाँ

  • पञ्चकन्या स्टिल: ५२ लाख १९ हजार रुपैयाँ

  • सिद्धार्थ पेटप्लान्ट: १ करोड ८३ लाख रुपैयाँ

  • श्याम प्लास्टिक: ४९ लाख १० हजार रुपैयाँ

यी उद्योगहरूले बक्यौतालाई २८ किस्तामा विभाजन गरी पहिलो किस्ता बुझाएका हुन्।

प्रकाशित मिति : २०८२ कार्तिक १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस