२०८३ असार २९ गते सोमवार | 2026 July 13th Monday

मधेश प्रदेशका मुख्यमन्त्रीको राजीनामा स्वीकृत, अब राजनीतिक खेल कहाँ पुग्ला ?

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलको राजीनामा स्वीकृत भएको छ। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार उनको राजीनामा स्वीकृत गरेकी छिन्।

सोनलले आज प्रदेशसभामा विश्वासको मत प्राप्त नहुने अवस्था देखिएपछि पदबाट राजीनामा घोषणा गर्दै प्रदेश प्रमुख सुवेदीलाई राजीनामा पत्र बुझाएका थिए। उनले विश्वासको मतका लागि समय लिएका थिए, तर समर्थनको अभाव देखेपछि तत्कालै राजीनामा दिएका हुन्।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता सोनललाई गत २९ असोजमा प्रदेश प्रमुख भण्डारीले मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन्।

मधेश प्रदेशसभामा १०७ जना सदस्य छन्। सरकार गठनका लागि ५४ मतको बहुमत आवश्यक पर्छ। आजको बैठकमा जनमत पार्टीबाट जनस्वराज पार्टीमा प्रवेश गरेका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंह र त्रिभुवन शाह अनुपस्थित थिए।

प्रदेशसभामा सत्तारूढ गठबन्धनमा लोसपाका ८, जसपाका १८, जनमतका १३, माओवादी केन्द्रका ९एकीकृत समाजवादीका ७ सांसद छन्। नागरिक उन्मुक्ति पार्टीले सोनललाई विश्वासको मत दिने निर्णय गरिसकेको थियो।

तर, संघीय समाजवादी पार्टीकी सांसद बिमला अन्सारी आजको बैठकमा अनुपस्थित थिइन्। यसैबीच, माओवादी केन्द्रका सांसद रहवर अन्सारी र माला राईले सदनमै विद्रोह गरेका छन्, जसले सोनलको समर्थन कमजोर बनाएको देखिन्छ।

प्रकाशित मिति : २०८२ कार्तिक २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस