२०८२ मङ्सिर ३० गते सोमवार | 2025 December 15th Monday

कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्ड (NEB) ले कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डको बैठक आज बसेर नतिजा प्रकाशन गरिएको हो।

बोर्डका अनुसार, पूरक परीक्षामा सहभागी विद्यार्थीमध्ये ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। गत असोज ७ र ८ गते सम्पन्न परीक्षामा १ लाख ४ हजार २६ जना विद्यार्थी सहभागी भएका थिए, जसमध्ये ७६ हजार ३ सय ६७ जना सफल भएका हुन्। साथै, ४ जनाको परीक्षाफल रद्द गरिएको बोर्डले जनाएको छ।

यसअघि, गत असार ११ गते सार्वजनिक गरिएको नियमित नतिजामा ६१.१७ प्रतिशत विद्यार्थी मात्र ग्रेडेड भएका थिए।

विद्यार्थीले आफ्नो नतिजा नेपाल टेलिकमको १६०० नम्बरमा एसएमएस पठाएर हेर्न सक्नेछन्।

प्रकाशित मिति : २०८२ कार्तिक २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस