२०८३ असोज ४ गते आइतवार | 2026 September 20th Sunday

ओलीको ठूलो कदम : एमालेको निर्णायक कदमले फागुन २१ को निर्वाचन संकटमा

काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्ने निर्णय गरेको छ। भदौ २७ गते प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेका थिए।

विघटित प्रतिनिधि सभाका एमाले सांसदहरूको भेलाले रिट लैजान दलका प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बराललाई अख्तियारी दिएको छ। पार्टीले सबै राजनीतिक दल, नागरिक समाज र पेसागत समूहलाई विघटनविरुद्ध उभिन आह्वान गरेको छ।

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कानुनी उपचार र शान्तिपूर्ण संघर्षको बाटो रोज्ने बताएका छन्। बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सङ्कटको समयमा एमालेको भूमिका देशको भविष्यमा महत्वपूर्ण हुने बताए भने महासचिव शङ्कर पोखरेलले भदौ २३–२४ को घटनाको निष्पक्ष छानबिनको आवश्यकता औँल्याएका छन्।

प्रकाशित मिति : २०८२ मङ्सिर ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस