२०८३ असोज २३ गते शुक्रवार | 2026 October 9th Friday

काठमाडौं कपनबाट समातिएका प्रकाशको अप-राध खुल्यो, जेनजीसँग के छ साइनो ?

काठमाडौं । बलात्कार मुद्दाका एक जना फरार कैदीलाई प्रहरीले काठमाडौँको कपनबाट पक्राउ गरेको छ।

पक्राउ पर्ने व्यक्ति सङ्खुवासभा जिल्ला, धर्मदेवी नगरपालिका–६ का ६० वर्षीय प्रकाश पाँचकोटी भएको प्रहरीले जनाएको छ। प्रहरी प्रभाग कपनबाट खटिएको टोलीले शुक्रबार कपनस्थित मिलन चोकमा उनलाई पक्राउ गरेको हो।

पाँचकोटी भदौ २४ गते जेनजी प्रदर्शनको क्रममा सुन्धारास्थित केन्द्रीय कारागारबाट भागेका थिए। प्रहरीले उनलाई पुनः कारागार चलानको तयारी गरिरहेको जनाएको छ।

प्रकाशित मिति : २०८२ कार्तिक २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस