२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

निकोलस भुसाल प्रकरणमा सर्वोच्चको आदेशले सबैलाई चकित बनायो

काठमाडौँ । सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिटमा कमल भुसाल उर्फ निकोलस भुसाललाई हाजिर जमानी छाड्ने आदेश दिएको छ।

सोमबार न्यायाधीश नहकुल सुवेदीनृपध्वज निरौलाको संयुक्त इजलासले भुसालको रिटमा सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो।

भुसाललाई भड्काउपूर्ण अभिव्यक्तिपछि पक्राउ गरिएको थियो। यसअघि सर्वोच्च अदालतले गृह मन्त्रालयको नाममा कारण देखाउ आदेश जारी गरेको थियो।

भुसालले कात्तिक १६ गते पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक, र तत्कालीन काठमाडौँ प्रमुख जिल्ला अधिकारी छवि रिजालको घर घेर्ने भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका थिए।

उनीले त्यस्तै क्षेप्यास्त्र आक्रमण गर्ने चेतावनी पनि दिएका थिए।

प्रकाशित मिति : २०८२ कार्तिक २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस