२०८३ असोज ४ गते आइतवार | 2026 September 20th Sunday

सुदन गुरुङको नेतृत्वमा पूर्वमन्त्रीको घरमा अघोषित छापा, घटनाका रहस्यमय पाटाहरू खुल्दै…

बारा। पूर्वमन्त्री तथा बारा–४ का निवर्तमान संघीय सांसद किसान श्रेष्ठको निजी निवासमा पूर्वसूचनाबिनै जेनजीका अगुवा सुदन गुरुङको टोली प्रवेश गरेको छ।

पूर्वमन्त्री श्रेष्ठले सामाजिक सञ्जालमार्फत आरोप लगाउँदै भनेका छन् कि गुरुङको टोलीले घरमा कोही नभएको मौका छोपी कर्मचारी र सहयोगीलाई धम्की दिएको थियो। उनले घटनाप्रति घोर भर्त्सना गर्दै स्थानीय प्रशासन र सरकारसँग सुरक्षा प्रत्याभूति माग गरेका छन्।

भदौ २३–२४ गते भएको जेनजी आन्दोलनमा श्रेष्ठको घर र चार सवारी साधनमा आगजनी भएको थियो। पुनर्निर्माणमा खटिएका इन्जिनियर चिरन्जीवी झाले पनि गुरुङको टोलीले धम्की दिएको बताएका छन्। सहयोगी मीरा श्रेष्ठले पनि आकस्मिक रूपमा आएको समूहले डर सिर्जना गरेको बताइन्।

प्रहरी र प्रशासनले घटनाबारे जानकारी नभएको र बिना सूचना घर प्रवेश गुण्डागर्दी शैली भएको टिप्पणी गरेका छन्।

जेनजी मधेस प्रदेश संयोजक शिव यादवले भने घटनालाई भ्रम वा धम्कीको रुपमा नलिन आग्रह गर्दै सामान्य भेटघाटको उद्देश्यले पुगेको स्पष्ट पारेका छन्।

प्रकाशित मिति : २०८२ मङ्सिर ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस