२०८३ असोज २३ गते शुक्रवार | 2026 October 9th Friday

पूर्वराष्ट्रपति भण्डारीले फेरि किन नागरिकता लिनु पर्‍यो?

काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो नागरिकताको प्रतिलिपि जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट लिएकी छन्।

गत भदौ २४ गतेको आन्दोलनका क्रममा उनको घरमा आगलागी हुँदा नागरिकता प्रमाणपत्र जलेको थियो। त्यसपछि उनले नयाँ प्रतिलिपि लिन आवेदन दिएकी थिइन्।

भण्डारी मंगलबार आफैँ जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगेर नागरिकताको प्रतिलिपि प्राप्त गरेकी हुन्।
उनीसँगै प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले भण्डारीलाई नागरिकताको प्रतिलिपि हस्तान्तरण गरेका थिए।

प्रकाशित मिति : २०८२ कार्तिक १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस