२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

भिजिट भिसा प्रकरणमा नयाँ ट्विस्ट : सबै प्रतिवादीको नाम सार्वजनिक

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव तिर्थराज भट्टराईसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसा असुलीधन्दा चलाएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। ७ चैत, २०८१ मा भट्टराई पक्राउ परेपछि प्रकरण सार्वजनिक भएको थियो।

अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोगपत्रमा तत्कालीन सहसचिव भट्टराई, अधिकृत यज्ञराज अर्याल, विभिन्न होलिडेका सञ्चालकहरू र सहयोगीहरूलाई प्रतिवादी बनाइएको छ। प्रकरणमा तत्कालीन गृहमन्त्री रमेश लेखकको नाम समेत मुछिएको थियो।

अध्यागमन कार्यालयका कर्मचारीहरूले म्यानपावर र मानव तस्करी गर्ने एजेन्सीहरूसँग मिलेर सेटिङबाट विदेश पठाउने र रकम असुली गर्ने धन्दा चलाएको आरोप लागेको छ। भट्टराईलाई गृह मन्त्रालयले विमानस्थलमा पठाएको र सो धन्दा संरक्षित भएको आशंका छ।

भट्टराईमाथि यसअघि भूकम्प पीडितलाई वितरण गर्न त्रिपाल खरिदमा अनियमितता गरेको आरोप पनि लागेको थियो। उनले विशेष अदालतको सफाइपछि २०७७ असारमा सहसचिवमा बढुवा पाएका थिए।

प्रकाशित मिति : २०८२ मङ्सिर २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस