२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

शंखमुलस्थित बागमती नदी किनारमा मृत भेटिएका व्यक्तिको पहिचान खुल्यो

काठमाडौं। कोटेश्वरको महादेवस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बैजहरि भट्टराई ५२ वर्षीय उनी शंखमूलस्थित बागमती नदीमा मृत फेला परेका छन्।

जिल्ला प्रहरी परिसरका अनुसार प्रारम्भिक अनुसन्धानले उनी मदिरा सेवन गरी अनियन्त्रित भएपछि खोलामा डुबेको अनुमान गरिएको छ। भट्टराई हिजो बेलुका ललितपुरस्थित यल पार्टी प्यालेसमा आयोजित कार्यक्रममा सहभागी भएर फर्किएका थिए।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति : २०८२ मङ्सिर २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस