२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

एमाले महाधिवेशनमा नयाँ ‘टकराव’: ईश्वर पोखरेलले पेश गरे छुट्टै अवधारणापत्र

काठमाडौँ। नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत काठमाडौँको भृकुटीमण्डपमा जारी बन्द सत्रमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो अवधारणापत्र राखेका छन्।

अध्यक्ष केपी शर्मा ओलीले धारणा राखेपछि पोखरेललाई आफ्नो पालोमा अवधारणापत्र पेश गर्न समय दिइएको थियो। यस पत्रमा पार्टीको लोकतान्त्रिकरण र विधान संशोधनमाथि प्रश्न उठाइएको छ।

यसअघि महाधिवेशनले पारित गरेको विधान ३ महिनाभित्र ओलीले आफूअनुकूल संशोधन गरेपछि पोखरेल पक्ष असन्तुष्ट भएको छ। दोस्रो दिनको केन्द्रीय समिति बैठकमा ईश्वर पोखरेल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र योगेश भट्टराईले यो संशोधनको विरोध गरेका थिए।

प्रकाशित मिति : २०८२ मङ्सिर २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस