२०८३ असोज २६ गते सोमवार | 2026 October 12th Monday

मेलम्ची भ्रष्टाचारमा अख्तियारको ठुलो कदम : १३ जनामाथि सर्वोच्चमा पुनरावेदन

काठमाडौं। मेलम्ची खानेपानी विकास आयोजनाको भ्रष्टाचार मुद्दामा संलग्न १३ जना अभियुक्तलाई विशेष अदालतले दिएको पूर्ण वा आंशिक सफाइप्रति अख्तियार दुरुपयोग अनुसन्धान आयोग असन्तुष्ट हुँदै सर्वोच्च अदालतमा पुनरावेदनमा गएको छ।

पुनरावेदनमा परेका अभियुक्तहरू: डा. सञ्जय शर्मा, भीमप्रसाद उपाध्याय, गजेन्द्रकुमार ठाकुर, मुकुन्दप्रसाद पौडेल, रुद्रसिंह तामाङ्ग, चन्द्रबहादुर थापा, घनश्याम भट्टराई, रामचन्द्र देवकोटा, सूर्यराज कँडेल, मणिभद्र न्यौपाने, रामचन्द्र न्यौपाने, बेगनाथ पौडेल, भोजविक्रम थापा।

आयोगले डा. शर्मा र मुकुन्दप्रसाद पौडेलविरुद्ध ६ करोड ९७ लाख ८३ हजार रुपैयाँ, जबकि भीमप्रसाद उपाध्यायविरुद्ध ४ करोड ११ लाख ३४ हजार रुपैयाँ भन्दा बढी बिगो मागेको छ। अन्य अभियुक्तहरूले अनियमित भुक्तानी, बिल असुल नगरी अनुमति, भेरिएसन स्वीकृत नगरी अतिरिक्त भुक्तानी गरेको आरोप छ।

विशेष अदालतले गजेन्द्र ठाकुर, रामचन्द्र देवकोटा, सूर्यराज कँडेल र परामर्शदाता शिवकुमार शर्मा दोषी ठहर गरेको थियो, तर कम बिगो कायम गरेको फैसलाप्रति अख्तियार असन्तुष्ट छ।

अख्तियारको यो कदमले विशेष अदालतको फैसलालाई चुनौती दिँदै न्यायिक प्रक्रिया अघि बढाएको जनाइएको छ।

प्रकाशित मिति : २०८२ मङ्सिर २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस