२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

रवि रिहाको आदेशपछि जेनजी अगुवा सुदनले के भने ? सबैतिर हलचल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई रिहा गर्न अदालतले दिएको आदेशलाई जेनजी अगुवा सुदन गुरुङले स्वागत गरेका छन्।

बिहीबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई रिहा गर्न आदेश दिएको थियो। अदालतको निर्णयपछि गुरुङले जनताको परम शक्तिलाई एकताबद्ध गर्न आफू उत्सुक रहेको प्रतिक्रिया दिएका छन्।

गुरुङले सामाजिक सञ्जाल फेसबुकमार्फत रास्वपालाई बधाई पनि दिएका छन्। उनले रास्वपालाई बधाई दिँदै जनताको शक्तिलाई एकताबद्ध गर्ने समय आएको र अब अन्तिम एकताको दिशातर्फ अघि बढ्नुपर्ने उल्लेख गरेका छन्।

Capture

प्रकाशित मिति : २०८२ पुष ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस