२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

कार्की सरकार भंग गर्न १० दिने अल्टिमेटम, राष्ट्रपतिलाई पठाएको ज्ञापनपत्रमा के छ?

काठमाडौँ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार भङ्ग गरी सर्वपक्षीय सरकार गठन गर्न माग गर्दै १० दिने अल्टिमेटम दिएको छ।

बुधबार राष्ट्रपति रामचन्द्र पौडेललाई १३ बुँदे ज्ञापनपत्र बुझाउँदै पार्टीले जेनजी विद्रोहको भावना अनुसार संविधान संशोधनसहित ठूला राजनीतिक सुधारको माग गरेको हो। माग समयमै सम्बोधन नभए परिस्थिति फेरि विस्फोटक हुन सक्ने चेतावनी पनि दिइएको छ।

१० दिनभित्र माग पूरा नभए सडक संघर्षमा उत्रिने माओवादीको चेतावनी छ। मागमा निष्पक्ष छानबिन, संविधान पुनर्लेखन, राज्य पुनर्संरचना, भ्रष्टाचारविरुद्ध कडा कारबाही र राजनीतिक प्रणालीमा सुधार समेटिएका छन्।

Shra B.

Shera

प्रकाशित मिति : २०८२ पुष ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस