२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

अमेरिका, क्यानडा, अस्ट्रेलिया र युके पठाउने भन्दै ठ`गी : कन्सल्टेन्सी सञ्चालक समातिए

काठमाडौँ । विदेश अध्ययनका नाममा ठगी गरेको अभियोगमा काठमाडौँ लैनचौरस्थित युरो एसिया एजुकेसन कन्सल्टेन्सी प्रालिका सञ्चालक पक्राउ परेका छन्।

काठमाडौँ महानगरपालिका–१० पुरानो बानेश्वर बस्ने उदयपुर त्रियुगा नगरपालिका–६ जलजले घर भएका ३५ वर्षीय सूर्यबहादुर डाँगीलाई सोमबार प्रहरीले लैनचौरबाट पक्राउ गरेको हो। उनले अमेरिका, क्यानडा, अस्ट्रेलिया र युके पठाउने नाममा पीडितलाई डलर कार्डमार्फत भुक्तानी सजिलो हुने भन्दै आफ्नै कम्पनीको बैंक खातामा रकम जम्मा गर्न लगाई २६ लाखभन्दा बढी ठगी गरेको आरोप छ।

पीडितको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले उनलाई पक्राउ गरी आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाएको जनाएको छ।

प्रकाशित मिति : २०८२ पुष ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस