२०८३ असोज २६ गते सोमवार | 2026 October 12th Monday

निर्वाचन आयोगले ६ दल खारेज गर्‍यो, राजनीति क्षेत्रमा हलचल

काठमाडौँ– निर्वाचन आयोगले विभिन्न ६ वटा राजनीतिक दलको दर्ता खारेज गर्ने निर्णय गरेको छ। मंगलबार बसेको बैठकले आम आदमी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (लोकतान्त्रिक), माओवादी जनमुक्ति पार्टी नेपाल, नेपाल राष्ट्रवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी (गौरवशाली), र नेपाल समाजवादी पार्टीको दर्ता खारेज गर्ने निर्णय गरेको आयोगले जानकारी दिएको छ।

यी दलहरूले कानुनले तोकेको विवरण उपलब्ध नगराएपछि आयोगले खारेज गर्ने निर्णय गरेको हो। यसअघि शिव सेना नेपाललाई स्पष्टीकरण बुझाउन निर्देशन दिइएको थियो, जसले आवश्यक विवरण बुझाएको थियो। प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यसबारे भोलि थप जानकारी दिनेछन्।

प्रकाशित मिति : २०८२ पुष ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस