२०८३ असोज २६ गते सोमवार | 2026 October 12th Monday

बालेन-रवि-कुलमान एकै ठाउँमा, आजै पार्टी एकतामा हस्ताक्षर हुने

काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका संरक्षक तथा ऊर्जा मन्त्री कुलमान घिसिङबीच शुक्रबार पार्टी एकताका लागि हस्ताक्षर हुने तयारी भएको छ।

स्रोतका अनुसार परिस्थितिमा कुनै फेरबदल नभए आज साँझसम्म तीनै नेताबीच एकताको सम्झौतामा हस्ताक्षर हुनेछ। हस्ताक्षरअघि तीनै पक्ष आ–आफ्नो गृहकार्य पूरा गरेर सामूहिक छलफलको तयारीमा छन्।

एकतामा सहमति भए भोलि औपचारिक एकता घोषणा सभा गर्ने तयारी छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा वैकल्पिक शक्ति र जेनजी समूहहरू एकजुट भएर पुराना शक्तिलाई चुनौती दिने रणनीति रहेको स्रोतको भनाइ छ।

प्रकाशित मिति : २०८२ पुष ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस