२०८३ असोज २५ गते आइतवार | 2026 October 11th Sunday

परम्परा तोडेर अचानक उपसभामुख इन्दिरा रानाको राजीनामा किन ? सबैतिर हलचल

indira rana

काठमाडौँ । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले पदावधि बाँकी रहँदै पदबाट राजीनामा दिएकी छन्। विगतको अभ्यासअनुसार सभामुख र उपसभामुख प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयनको अघिल्लो दिनसम्म पदमा रहने परम्परा रहे पनि उनले स्वेच्छाले आजै राजीनामा दिएकी हुन्।

निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची पेस गर्न आज र सोमबार समय तोकेको छ। यता सभामुख देवराज घिमिरे भने प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयनको अघिल्लो दिन माघ ५ गतेदेखि बिदाइ हुने तयारीमा छन्।

संविधानको धारा ९१ अनुसार प्रतिनिधिसभा विघटन भएमा सभामुख र उपसभामुख अर्को निर्वाचनको उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिनसम्म पदमा रहन सक्ने व्यवस्था छ।

प्रकाशित मिति : २०८२ पुष १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस