२०८३ असोज २५ गते आइतवार | 2026 October 11th Sunday

समानुपातिकतर्फ ६४ दलको बन्दसूची दर्ता, ५८ चुनाव चिह्न प्रयोग (सूचीसहित)

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गरेका छन्। निर्वाचन आयोगका अनुसार फागुन २१ गते हुने निर्वाचनका लागि ६४ दलबाट ५८ वटा निर्वाचन चिह्नमा बन्दसूची दर्ता भएको छ।

आयोगले तोकेको पुस १३ र १४ गतेको अवधिमा ५४ दलले आफ्नै चुनाव चिह्न प्रयोग गरेका छन् भने १० दलले ४ वटा एकल चुनाव चिह्नमार्फत निर्वाचनमा भाग लिने गरी बन्दसूची बुझाएका हुन्।

संविधानअनुसार समानुपातिक प्रणालीबाट ११० जना र प्रत्यक्ष प्रणालीबाट १६५ जना प्रतिनिधिसभा सदस्य निर्वाचित हुने व्यवस्था छ। आयोगले बन्दसूची प्रक्रिया कानुनअनुसार अघि बढाइने र समावेशी प्रतिनिधित्व सुनिश्चित गरिने जनाएको छ।

प्रकाशित मिति : २०८२ पुष १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस