२०८३ असार २८ गते आइतवार | 2026 July 12th Sunday

सर्वोच्च जाने तयारीकै बीच देउवा-ओली गोप्य भेट, महाराजगञ्जमा के भयो?

काठमाडौँ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सोमबार भेटवार्ता भएको छ। देउवा निवास महाराजगञ्जमा भएको भेटमा प्रतिनिधिसभा पुनर्स्थापनासम्बन्धी सर्वोच्चमा लैजान लागिएको रिटसहित समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ।

ओली महासचिव शंकर पोखरेलसहित देउवालाई भेट्न महाराजगञ्ज पुगेका थिए। अध्यक्ष निर्वाचित भएपछि देउवालाई भेट्न ओली त्यहाँ पुगेको यो दोस्रो पटक हो। यसअघि मंसिर १९ मा उपचारपछि स्वदेश फर्किएका देउवा दम्पत्तिलाई भेट्न उनी पत्नी राधिकासहित पुगेका थिए, जसलाई पारिवारिक भेट भनिएको थियो।

हाल एमाले र कांग्रेसका सांसदले संयुक्त रूपमा प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित सर्वोच्च अदालत जाने अन्तिम तयारी गरिरहेका छन्।

प्रकाशित मिति : २०८२ पुष ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस