काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह माघ ४ गते मेयर पदबाट राजीनामा दिने तयारीमा छन्। आगामी प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता माघ ६ गते हुने भएकाले उनले समयमै पद छोड्ने तयारी गरेका हुन्।
उनको निकट स्रोतका अनुसार राजीनामा दिएपछि बालेन शाह भोलिपल्ट रास्वपा केन्द्रीय कार्यालय घण्टीघर पुग्ने र त्यसपछि मधेश प्रदेश लगायत देशभर सक्रिय हुने योजना बनाएका छन्। मेयर शाह रास्वपासँग सहकार्य गर्दै प्रधानमन्त्रीको रूपमा निर्वाचनमा जाने तयारीमा छन्।
प्रकाशित मिति : २०८२ माघ १ गते बुधवार

