काठमाडौं। महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध कास्की, रुपन्देही, काठमाडौं र पर्सामा चलिरहेका संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग फिर्ता लिन सरकारी वकिलहरूलाई स्वीकृति दिएको छ।
महान्यायाधिवक्ता सबिता भण्डारी बरालका अनुसार यो कदमले मुद्दा फिर्ता भएको बुझ्न नहुने र सहकारी ठगीको मुद्दा भने यथावत् रहनेछ। चितवनमा कुनै मुद्दा नभएका कारण त्यहाँ अभियोगपत्र संशोधन गरिएको छैन।
प्रकाशित मिति : २०८२ माघ १ गते बुधवार

