निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानून र विधानसम्मत ठहर गर्दै औपचारिक मान्यता दिएको छ। शुक्रबार बसेको आयोग बैठकले विशेष महाधिवेशनबाट चयन पदाधिकारीको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो।
यससँगै विशेष महाधिवेशनका सबै निर्णय वैध भएका छन् भने शेरबहादुर देउवा समूहको दाबी स्वतः अस्वीकृत भएको छ। अब पार्टीका प्रत्यक्ष मनोनयनदेखि अन्य निर्णयहरू गगन–विश्व समूहकै आधिकारिक मानिनेछन्। आयोगको निर्णयपछि देउवा नेतृत्वको पुरानो कार्यसमिति पनि अमान्य भएको छ।
निर्णय सार्वजनिक भएपछि गगन थापा पक्षका कार्यकर्ताले निर्वाचन आयोग परिसरबाहिर नाराबाजी गर्दै खुसी मनाएका छन्। असन्तुष्ट पक्षलाई सर्वोच्च अदालत जाने बाटो भने खुला नै छ।
प्रकाशित मिति : २०८२ माघ ३ गते शुक्रवार

