२०८३ असोज २५ गते आइतवार | 2026 October 11th Sunday

प्रहरी संगठनमा भूकम्प : एकैचोटि ११ एसएसपीको सरुवा, सूचीसहित हेर्नुस्

काठमाडौं । नेपाल प्रहरीले ११ जना वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार केदार खनाल, दिपक पोखरेल, दीप शम्शेर जबरा, नान्ती राज गुरुङ, विमल राज कँडेल, महेन्द्र खड्का, रमेश कुमार बस्नेत, श्याम कुमार महतो, वसन्त रजौरे, सन्तोष खड्का र सोमेन्द्र सिंह राठोर सरुवामा परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा रहेका रमेश बस्नेतलाई शान्ति सुरक्षा महाशाखा रानीपोखरी पठाइएको छ भने त्यहाँ सन्तोष खड्कालाई जिम्मेवारी दिइएको छ। त्यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत सोमेन्द्र राठोर मानवस्रोत व्यवस्थापन महाशाखा पुगेका छन् भने वसन्त रजौरे विमानस्थल सुरक्षा कार्यालय सरुवा भएका छन्।

प्रकाशित मिति : २०८२ माघ ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस