२०८३ असोज २५ गते आइतवार | 2026 October 11th Sunday

रविलाई ठूलो झट्का : सर्वोच्चमा ३ रिट दायर, सुनुवाइ मिति पनि तोकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहितको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयविरुद्ध सर्वोच्च अदालतमा तीन वटा रिट दर्ता भएका छन्।

दिनेश त्रिपाठी, युवराज सफल तथा आयुष बडाल, आभाष रेग्मी र स्मृति अधिकारीका तर्फबाट दर्ता रिटको पहिलो पेसी माघ ६ गतेका लागि तोकिएको छ।

रिटमा सम्पत्ति शुद्धीकरण र संगठित अपराधजस्ता गम्भीर मुद्दा अभियोगपत्र संशोधनको नाममा फिर्ता लिन नमिल्ने दाबी गरिएको छ। यस्तो अभ्यासले न्यायिक अराजकता बढ्ने र स्वच्छ न्याय संकटमा पर्ने भन्दै अन्तरिम आदेश माग गरिएको छ।

महान्यायाधिवक्ताले गोर्खा मिडियासँग जोडिएका सहकारी ठगी प्रकरणमा सबै प्रतिवादीविरुद्ध अभियोगपत्र संशोधन गर्न स्वीकृति दिएकी थिइन्, जसलाई लिएर विवाद चर्किएको हो।

प्रकाशित मिति : २०८२ माघ ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस