२०८३ असोज २५ गते आइतवार | 2026 October 11th Sunday

गगन जोडिएको ‘५२ करोड डिल’ आरोपपछि दुर्गा प्रसाईँमाथि मुस्किल बढ्यो

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्ध निर्वाचन आयोगले कानूनी कारबाही अघि बढाएको छ। गगन थापा पक्षले ५२ करोड दिएर आयोगबाट मान्यता पाएको आरोप लगाएपछि आयोगले साइबर ब्युरोलाई पत्र पठाएको हो।

आइतबार बसेको आयोग बैठकले प्रसाईँले सार्वजनिक रूपमा निराधार आरोप लगाएर भ्रम फैलाएको ठहर गर्दै साइबर कानुनअनुसार आवश्यक कारबाहीका लागि पत्राचार गर्ने निर्णय गरेको उच्च स्रोतले जनाएको छ।

प्रसाईँले शनिबार भक्तपुरस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गरी उक्त आरोप लगाएका थिए।

प्रकाशित मिति : २०८२ माघ ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस