२०८३ असोज २५ गते आइतवार | 2026 October 11th Sunday

धरानका मेयरले पनि दिए राजीनामा, कहाँबाट लड्दैछन् चुनाव?

harka sampang dispute

काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ)ले पदबाट राजीनामा दिएका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सुनसरी–१ बाट उम्मेदवार बन्ने तयारीका साथ उनले आइतबार राजीनामा दिएका हुन्।

साम्पाङले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिन संविधानको धारा २१६ को उपधारा ८ (क) बमोजिम नगरप्रमुख पदबाट राजीनामा दिएको जानकारी दिएका छन्। यसअघि आइतबार नै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले पनि पदबाट राजीनामा दिएका थिए।

No description available.

प्रकाशित मिति : २०८२ माघ ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस