२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

दुर्गा प्रसाईं पोखराबाटै समातिए : उनी जोडिएको ‘५२ करोड’ काण्ड के हो ?

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ। आज दिउँसो पक्राउ परेका प्रसाईंलाई काठमाडौँ ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख तथा प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिएका छन्।

यसअघि आइतबार निर्वाचन आयोगले प्रसाईंविरुद्ध कारबाहीको माग गर्दै प्रहरीको साइबर ब्यूरोमा पत्राचार गरेको थियो। केही दिनअघि प्रसाईंले नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले निर्वाचन आयोगलाई ५२ करोड रुपैयाँ बुझाएको आरोपसहित भिडियो सार्वजनिक गरेका थिए।

उक्त आरोपलाई आधारहीन भन्दै निर्वाचन आयोगले अनुसन्धानका लागि प्रहरीलाई निर्देशन दिएपछि उनलाई पक्राउ गरिएको हो।

प्रकाशित मिति : २०८२ माघ ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस