२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

निर्वाचनको माहोल तात्यो : देशभर २ हजार ३३५ उम्मेदवारले मनोनयन दर्ता गरे

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयन शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको छ।

निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ २७५ सिटका लागि राजनीतिक दल र स्वतन्त्र गरी साँझ ५ बजेसम्म २ हजार ३३५ उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका छन्। कार्यालय परिसरमा प्रवेश गरिसकेका उम्मेदवारलाई ५ बजेपछि पनि दर्ता गर्न दिइएको आयोगले जनाएको छ।

काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा पनि दल र स्वतन्त्र दुवै तर्फबाट उल्लेख्य उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले जानकारी दिए। सुरक्षा व्यवस्थासहित व्यवस्थित रूपमा मनोनयन दर्ता गरिएको जनाइएको छ।

निर्वाचन आयोगले मनोनयनको समग्र विवरणबारे साँझ पत्रकार सम्मेलनमार्फत औपचारिक जानकारी दिने जनाएको छ।

प्रकाशित मिति : २०८२ माघ ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस