२०८३ असोज २५ गते आइतवार | 2026 October 11th Sunday

एकातिर अदालत, अर्कोतिर चुनाव : रविको नियती यसरी मोडियो

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेसँग जिल्ला अदालत पर्साले १ करोड रुपैयाँ धरौटी माग गरेको छ। सानो पाइला बचत तथा ऋण सहकारीको रकम अपचलन अभियोगमा दायर मुद्दामा न्यायाधीश रुद्र सुवेदीको इजलासले धरौटीमा छाड्ने आदेश दिएको हो।

लामिछाने आज तारेखका लागि पर्सा अदालत पुगेका थिए। त्यसपछि समय अभावका कारण उनले चितवन क्षेत्र नम्बर–२ मा वारेसमार्फत उम्मेदवारी दर्ता गराएका छन्। रास्वपा महानगर सभापति सिता ज्ञवालीले वारेस भएर उम्मेदवारी दर्ता गराएको पार्टीले जनाएको छ।

लामिछाने तेस्रोपटक चितवन–२ बाट प्रतिनिधिसभा उम्मेदवार बनेका हुन्।

प्रकाशित मिति : २०८२ माघ ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस