२०८३ असोज २५ गते आइतवार | 2026 October 11th Sunday

इमेल प्रकरणमा बोलिन् रास्वपाकी आशिका तामाङ, सत्य के हो ?

काठमाडौं । धादिङ क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता नलिएको स्पष्ट गरेकी छन्। सामाजिक सञ्जालमा फैलिएको हल्ला गलत भएको भन्दै उनले आफ्नो नामबाट निर्वाचन आयोगमा फेक इमेल पठाइएको बताइन्।

चुनाव लड्न पाउने–नपाउने विषयमा छलफल भइरहेकै बेला यस्तो इमेल गएको भन्दै उनले यसबारे आयोगमा बुझ्ने र उजुरी दिने तयारी रहेको बताइन्। जर्मन नागरिकसँग विवाह गरे पनि आफूले विदेशी परिचयपत्र नलिएको र नेपाली नागरिकता तथा पासपोर्ट मात्रै रहेको उनको भनाइ छ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार धादिङ–१ बाट ईश्वर भारतीबाहेक अरु कसैले उम्मेदवारी फिर्ता लिएका छैनन्।

प्रकाशित मिति : २०८२ माघ १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस