२०८३ असोज २५ गते आइतवार | 2026 October 11th Sunday

बालेन चढ्ने करोडौंको भाइरल लक्जरी गाडी कसको हो? साहु खुल्दा नयाँ मोड

काठमाडौं । झापा–५ बाट उम्मेदवार बनेका रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह चढेको ल्यान्ड रोभर डिफेन्डर गाडीको तस्बिर बिहीबारदेखि सामाजिक सञ्जालमा भाइरल बनेको छ। चार करोड रुपैयाँभन्दा बढी पर्ने कालो रंगको उक्त गाडी कसको हो भन्ने विषयमा चर्चा चुलिएको छ।

यातायात व्यवस्था कार्यालय स्रोतका अनुसार गाडी रुपन्देहीको तिलोत्तमा–१५ स्थित त्रिमूर्ति इन्डस्ट्रिज प्रालिको नाममा दर्ता छ। कम्पनीका लगानीकर्ता कमल मालपानी हुन्, जसका अन्य उद्योगहरू पनि रुपन्देही र बुटवलमा छन्।

कान्तिपुरसँग कुरा गर्दै मालपानीले बालेन्द्रले चढिरहेको गाडी आफूहरूले दिएको पुष्टि गरे। कति समयका लागि गाडी दिइएको हो भन्नेबारे भने उनले खुलाएनन्।

प्रकाशित मिति : २०८२ माघ १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस