२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

राष्ट्रियसभाका १८ सिटमा आज निर्वाचन हुँदै, सातै प्रदेशमा मतदान

आगामी फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रियसभाका १८ पदका लागि आज माघ ११ गते निर्वाचन हुँदै छ। आइतबार बिहान ९ः०० देखि दिउँसो ३ बजेसम्म हुने निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । कुल १८ पदमध्ये कोसी प्रदेशमा खस आर्यतर्फको एउटा पदमा निर्विरोध भएको छ ।

रिक्त हुन लागेका बाँकी १७ पदका लागि आज निर्वाचन हुन लागेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । कोसी प्रदेशका खस आर्यतर्फका उम्मेदवार नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भइकेका छन् । बाँकी १७ पदको मतदानका लागि सातै प्रदेशका मतदानस्थल तथा मतदान केन्द्र निर्धारण गरिएको छ ।

कोसी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर विराटनगर मोरङ, मधेस प्रदेशको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुर उपमहानगरपालिका–४ धनुषा, बागमती प्रदेशको भुटनदेवी माध्यमिक विद्यालय हेटौँडा उपमहानगरपालिका–४ मकवानपुरमा मतदान केन्द्र निर्धारण गरिएको हो ।

 

प्रकाशित मिति : २०८२ माघ १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस