काठमाडौं । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा तीन जना निर्वाचित भएका छन्। महिला समूहमा नेकपा एमालेकी गुल्मी निवासी रामकुमार झाँक्री ६३०३ मतभारसहित विजयी भइन्। उनका प्रतिस्पर्धी नेकपाकी दुर्गा कुमारी भण्डारीले १३६२ मतभार प्राप्त गरिन्।
अपाङ्ग समूहमा नेपाली कांग्रेसका दाङ लमही–२ बनकट्टाका बासुदेव घिमिरे ६३२२ मतभारसहित निर्वाचित भए। उनका निकटतम प्रतिस्पर्धी नेकपाका सरल विकले १६०१ मतभार पाए।
खुल्ला समूहमा नेपाली कांग्रेसका गुल्मीका चन्द्रबहादुर केसी ५९७७ मतभारसहित विजयी भए। उनका प्रतिस्पर्धी नेकपाका वृहस्पति अधिकारीले १८३२ मतभार प्राप्त गरे।
निर्वाचनमा प्रदेशसभातर्फ ७८ र स्थानीय तहतर्फ २०८ मत खसेको थियो। प्रदेशसभा र स्थानीय तह गरी ९ जना मतदाता अनुपस्थित रहेका थिए।
प्रकाशित मिति : २०८२ माघ १२ गते आइतवार

