२०८३ भाद्र ३० गते मङ्गलवार | 2026 September 15th Tuesday

हर्क साम्पाङको उम्मेदवारी खतरामा : आयोगमा परेको उजुरीले खुलायो यस्तो कुरा!

काठमाडौं । सुनसरी–१ का उम्मेदवार हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ। धरान नगर बाल सञ्जालले उनलाई चुनावी प्रचारमा बालबालिकाको प्रयोग गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय र निर्वाचन अधिकृत कार्यालयमा उजुरी दिएको हो।

उजुरीमा बालबालिका ऐन, २०७५ अनुसार राजनीतिक उद्देश्यका लागि बालबालिकालाई प्रयोग गर्न नपाइने व्यवस्था उल्लंघन गरिएको उल्लेख छ। सञ्जालले निर्वाचन अधिकृत कार्यालयमा साम्पाङलाई उपस्थित गराएर छलफल गर्न र आवश्यक कारबाही गर्न माग गरेको छ।

निर्वाचन अधिकृत दिव्यराज घिमिरेका अनुसार उजुरी अध्ययनका लागि समिति गठन गरिएको छ। यदि आरोप प्रमाणित भए एक लाख रुपैयाँसम्म जरिवाना वा उम्मेदवारी खारेज हुने पनि हुनसक्छ। फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ।

प्रकाशित मिति : २०८२ माघ १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस